विसं २०७२ को महाभूकम्प

विसं २०७२ को महाभूकम्प
२०७२ भूकम्पमा भएको क्षति
विसं २०७२ को महाभूकम्प is located in नेपाल
काठमाडौँ
काठमाडौँ
विसं २०७२ को महाभूकम्प
मिति २५ अप्रिल २०१५ (2015-04-25)
शुरूवात समय ११:५६:२६ नेपाली समय[१]
परिमाण ७.६ रेक्टर स्केल
गहिराई १५.० किलोमिटर (९ माइल)
निर्देशाङ्क २८°०८′४९″N ८४°४२′२९″E / २८.१४७°N ८४.७०८°E / 28.147; 84.708निर्देशाङ्कहरू: २८°०८′४९″N ८४°४२′२९″E / २८.१४७°N ८४.७०८°E / 28.147; 84.708
प्रकार धकेल्नु
प्रभावित देशहरू नेपाल
भारत
चीन
बङ्गलादेश
तीव्रता (हिंस्रक)
पुनः महसूस गरिएका ६.७MW १२ वैशाख १२:३०
६.७MW १३ वैशाख १२:५४
दुई साता सम्म दर्जनौ झट्का महसूस भए
हताहत ७,८८५+ जना मृत्यु [२] १५,९४४+ जना घाइते [२]

वि.सं. २०७२ को महाभूकम्प वि.सं. २०७२ वैशाख १२ गते शनिबार नेपालको प्रमाणिक समय अनुसार ११:५६ मा लगभग ३४ किमी (२१ माइल) पूर्व-दक्षिणपूर्व बार्पाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प १५ किमी (९.३ माइल) गहिराइमा गएको थियो। विसं १९९० को महाभूकम्प पछिको यो सबैभन्दा ठूलो भूकम्प थियो। भूकम्पले नेपाल सरकारको प्रारम्भिक जानकारी अनुसार नेपालमा मात्रै ५१६२[३] मानिसको ज्यान लिएको थियो। यस महाभूकम्पका कारण नेपालसँगै रहेका भारत, चीनबङ्गलादेशमा पनि कयौँ मानिसहरूको हताहात भएको थियो। भूकम्पले गर्दा काठमाडौँ उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू भत्किएका थिए जसमा बसन्तपुर दरवार क्षेत्र पनि रहेको छ।

यस भूकम्पले सगरमाथामा हिमपहिरो जान सुरु भएको थपे जसकारण नेपाली र विदेशी गरी २२ जनाको हिमपहिरोमा पुरिएका कारण मृत्यु भएको भने यो हिमपहिरो सगरमाथामा आएको सबैभन्दा घातक हिमपहिरो बनेको थियो।[४] भूकम्पले लाङटाङ उपत्यकामा पनि विशाल हिमपहिरो निम्त्याएको थियो जसकारण २५० जना बेपत्ता भएका थिए। यस महा भूकम्पका कारण नेपालको कयौँ जिल्लाका हजारौँ गाउँ तथा बस्तीका सर्वसाधारणहरू भूकम्पले धक्का दिँदा घर नष्ट भएका कारण कयौँको मृत्यु भएको थियो भने हजारौँ मानिसहरू घरबारविहीन बनेका थिए।[५] यस महा भूकम्पका कारण काठमाडौँ उपत्यकाका युनेस्कोद्वारा विश्व सम्पदा सूचीका सूचीकृत स्थल तथा सयौँ वर्ष पुराना ऐतिहासिक धरोहरहरू आंशिक रूपमा र केही पूर्ण रूपमा ध्वस्त भएका थिए जसमा काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण मन्दिर, बौधनाथ स्तूपस्वायम्भूनाथ स्तूप सामेल छन्।[६][७] नेपाल एक घातक भूकम्पले कमजोर बनेको र मुख्यरूपमा देशको भूविज्ञान र शहरीकरणका कारण भूभौतिकीविद तथा अन्य विशेषज्ञहरूले दशकौँदेखि नेपालमा ठूलो भूकम्प जानसक्ने भन्दै चेतावनी दिएका थिए। यस महा भूकम्पका कारण ६१.८८ मिटर अग्लो नौतले धरहरा भूकम्पको पहिलो धक्कै कारण ध्वस्त भएको थियो भने धरहरा पूर्णरूपमा क्षतिग्रस्त हुँदा यसले कयौँ मानिसहरूको ज्यान लिएको थियो जुन युनेस्कोद्वारा मान्यता प्राप्त काठमाडौँ उपत्यकाको वास्तुकलाको एक हिस्सा थियो।[८][९]

भूकम्प गएको २० मिनटको अन्तरालमा पूरै देशभरी लगातार भूकम्पको पराकम्पहरू गैरहेका थिए भने वैशाख १३ का दिन रातको १२ बजेर ५४ मिनेट जाँदा ६.७ रेक्टर स्केलको अर्को भूकम्प गएको थियो जसकारण देशका पहिरोको जाने खतरा बनेको थियो। २९ वैशाख २०७२ का दिन दिउँसोको १२ बजेर ५० मिनेट जाँदा देशले पुनः ७.३ रेक्टर स्केलको भूकम्पको समाना गर्नु परेको थियो जसको केन्द्र काठमाडौँ र सगरमाथाको बीचमा चीनको सिमाना नजिक थियो।[१०] यस पराकम्पमा २०० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो भने र २,५०० भन्दा बढी घाइते हुँदा कयौँ घरबारविहीन बनेका थिए।[११]

भूकम्प

वि.सं. २०७२ वैशाख १२ गते शनिबारका दिन नेपाली प्रमाणिक समय अनुसार ११:५६ मा लगभग ३४ किलोमिटर (२१ माइल) पूर्व-दक्षिणपूर्व बार्पाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प १५ किलोमिटर (९.३ माइल) गहिराइमा गएको थियो।[१२] यस महाभूकम्पलाई सुरुमा संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणले ७.५ रेक्टर स्केलको रहेको प्रतिवेदन निकालेको थियो भने चिनियाँ भूकम्प सञ्जाल केन्द्रले भूकम्पको रेक्टर स्केल ८.१ रहेको प्रतिवेदन दिएको थियो। भारत मौसम विज्ञान विभागले नेपाली समय अनुसार नेपालमा ११:५६ र १२:३० मा गरी दुई शक्तिशाली भूकम्प गएको बताएको थियो। पहिलो पटक ७.८ रेक्टर स्केल मापन गरिएको भूकम्प र त्यसको केन्द्र विन्दु भएर ८० किलोमिटरको दुरीमा नेपालको राजधानी काठमाडौँबाट उत्तर–पश्चिमतर्फ रहेको पत्ता लागेको थियो। यस महाभूकम्पको केन्द्रको नजिक भरतपुर सहर परेको थियो भने भूकम्प महाशाखाका अनुसार ६.६ रेक्टर स्केलको भूकम्प पहिलाको भन्दा कम शक्तिशाली रहेको जनाइएको थियो जुन काठमाडौँबाट पूर्वमा ६५ किमीमा (४० माइल) गएको थियो जसको भूकम्पीय केन्द्र पृथ्वीको सतहभन्दा १० किमी (६.२ माइल) गहिराइमा रहेको थियो। वैशाख १२ को महाभूकम्प आउँदाको समय सयौँ पर्वतारोहीहरूले सगरमाथाको चढाई गरिरहेका थिए। भूकम्पको तीव्र कम्पनका कारण हिमपहिरो आएको थियो भने यसलगत्तै भूसख्लन सुरु भएको थियो जसकारण १७ भन्दा बढी पर्वतारोहीहरूको मृत्यु भएको थियो।[१३] अधिकारीहरूका अनुसार हिउँको विशाल पत्र तीव्र गतिका साथ तल खस्किएका कारण सगरमाथाको आधार शिविर ध्वस्त भएको थियो जसकारण ३७ भन्दा बढी पर्वतारोहीहरूको घाइते भएका थिए।[१४] सुरुको महाभूकम्पपछि पछिका दिनहरूमा ४.५ रेक्टर स्केल र त्योभन्दा बढी रेक्टर स्केलका ३८ भन्दा बढी भूकम्पको धक्का महसुस भएका थिए जसमा ६.८ रेक्टर स्केलको भूकम्प पनि सामेल छ। संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणका अनुसार भूकम्प जानुको कारण जमिनको सतह भन्दा ९ माइल तल रहेको एक चट्टान सरेका कारण त्यसले धक्का दिएको जनाइएक‍ थियो[१५] २० आणविक हतियार फुटे जत्तिकै शक्तिशाली थियो।[१६]

तीव्रता

महाभूकम्पको तीव्रता देखाइएको एक नक्शा

यस महाभूकम्पको तरङ्गीय मानचित्र संयुक्त राज्य भूगर्भ सर्वेक्षणको के तपाईले महसुस गर्नुभयो खण्डमा प्राप्त प्रतिक्रियाहरूको अनुसार काठमाडौँमा भूकम्पको तीव्रता ९ सम्म पुगेको थियो। भूकम्पको झट्का छिमेकी देश भारतको बिहार, उत्तर प्रदेश, असम, पश्चिम बङ्गाल, सिक्किम, उत्तराखण्ड, उडिसा, आन्ध्र प्रदेश, कर्नाटकगुजरात जस्ता प्रमुख भूभागहरूसम्म महसुस गरिएको थियो।[१७] यसको असर भारतको राजधानी दिल्ली र राष्ट्रिय राजधानी क्षेत्रमा पनि महसुस गरिएको थियो। सोही प्रतिवेदनका अनुसार अनुसार बङ्गलादेशको राजधानी ढाकामा यस भूकम्पको तीव्रता ४ थियो। यस भूकम्पको झट्का केन्द्रबाट १९०० किलोमिटर टाढा रहेको तिब्बत र चीनका केही भूभागहरूमा पनि महसुस गरिएको थियो।[१८] पाकिस्तानभुटान पनि यस भूकम्पको न्युन झट्का महसुस गरिएको थियो।[१७]

पराकम्पहरू

वि.सं २०७२ वैशाख १२ बजेर ११:५६ मिनेटको महाभूकम्प गएको केही मिनेटको अन्तरालमै त्यसको पराकम्पहरू सुरु भएका थिए।[१९] महाभूकम्प गएको ३४ मिनेटभित्रै पहिलो पराकम्प ६.६ रेक्टर स्केलसम्म पुगेको थियो। वैशाख १३ का दिन सोही क्षेत्रमा नेपाली समय अनुसार १२ बजेर ५४ मिनेट जाँदा ६.९ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो जसको केन्द्र नेपालको कोदारीबाट दक्षिणमा लगभग १७ किलोमिटरमा (११ माइल) रहेको थियो। यस भूकम्पले गर्दा सगरमाथामा हिमपहिरो जानुका साथै र उत्तरी भारतका कलकत्ता, सिलिगुडी, जलपाइगुडी र आसामलगायत अन्य थुप्रै ठाउँमा हिमपहिरोको गएको थियो।[२०] पछिको झट्काले कोशी राजमार्गमा पहिरो खसेका कारण भेडेटार-मुलघाट सडकखण्ड अवरुद्ध भएको थियो। [२१]११ जेठ २०७३ सम्म ४५९ वटा भूकम्पीय पराकम्पहरू महसुस भएका थिए जसमध्ये ५१ वटा भूकम्प ५ वा सो भन्दा बढीका र ५ भन्दा माथिका ६ भूकम्पहरू गएका थिए भने ४ रेक्टर स्केल भन्दा कम २०,००० भन्दा कम भूकम्पका पराकम्पहरू महसुस भएका थिए।[२२]

वैशाख १९ को भूकम्प

दोस्रो ठूलो भूकम्प वि.सं २०७२ वैशाख २९ गते १२ बजेर ५० मिनेट जाँदा कोदारीको दक्षिणपूर्वमा १८ किलोमिटरमा केन्द्रविन्दु बनाई ७.३ रेक्टर स्केलको भूकम्प गएको थियो।[२३] महाशाखाका अनुसार यस भूकम्पको केन्द्रविन्दु राजधानी काठमाडौँसगरमाथाबीचको चिनियाँ सीमा नजिकै रहेको थियो जुन १८.५ किलोमिटर (११.५ माइल) गहिराइमा गएको थियो। [२४]यो भूकम्प १२ वैशाख पछि गएको सबैभन्दा दोस्रो ठूलो भूकम्प थियो। यस भूकम्पको बिहार, उत्तर प्रदेश, पश्चिम बङ्गाल र अन्य उत्तर-भारतीय राज्यहरू लगायत भारतको उत्तरी भागमा पनि महसुस गरिएको थियो। भूकम्पका कारण नेपालमा कम्तीमा १५३ जनाको मृत्यु र करिब २५०० जना घाइते भएका थिए भने अन्य ६२ जनाको भारतमा, बङ्गलादेशमा दुई जना र चीनमा एक जनाको मृत्यु भएको थियो।[२५][२६][२७][२८]

भूकम्पले गरेको विनाश

भूकम्पपछि उडानको लागि विमानस्थलमा पर्खिरहेका मानिसहरू
महाभूकम्पका कारण बसन्तपुर दरबार क्षेत्रमा भएको क्षति

नेपाल जस्तो विकासोन्मुख तथा राजनैतिक हिसाबले अस्थिरता भएका राष्ट्रहरूमा घटेका विनाशकारी घटनाहरूले प्रायः लामो समयसम्म शृङ्खला बन्न जान्छन् भने एउटा विपत्ति वर्षौँँ वा दशकौँसम्म अर्को विपत्तिमा परिणत बन्न जान्छ। भूकम्पपछिको प्रभावले मानव बेचबिखन, श्रम लागत, उपलब्धता, भाडा र सम्पत्तिको भार, शहरीकरण, निजी र सार्वजनिक ऋणको बोझ, मानसिक स्वास्थ्य, राजनीति, पर्यटन, रोग, स्वास्थ्य सेवा प्रणालीमा क्षति लगायतका असङ्ख्य कुराहरूमा असर गरेको थियो। भूकम्प गएको करिब ३० महिनापछि गरिएको एक सर्वेक्षणमा पुनर्निर्माणको रकमको १२% मात्र वितरण भएको पाइएको थियो। वर्षा ऋतुसँगै आएका केही विपत्ति भूकम्पसँग सम्बन्धित रहेको आशंका गरिएको थियो। भूकम्प गएको करिब दुई महिनापछिको पहिरोले ५३ जनाको ज्यान लिएको थियो भने यसैबीच विशेष गरी सोलुखुम्बु जिल्लामा हिमताल फुटेको थियो। यस्ता घटनाहरूमा भूकम्पले योगदान पुऱ्याएको छ कि छैन भन्ने कुरा प्रायः अज्ञात र अनुसन्धान गरिएको छैन।[२९]

काठमाडौँ दरबार क्षेत्र
महाभूकम्प अघि
महाभूकम्पका कारण भत्किएका भवनहरूको दृश्य

ज्यानहानी तथा हताहत

वि.सं २०७२ साल वैशाख १२ गते शनिबारका दिन बिहान ११ बजेर ५६ मिनेट जाँदा गोरखा जिल्लाको बारपाकमा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो। यस भूकम्पका कारण सात हजार भन्दा ठुलो सङ्ख्यामा हताहती भएको थियो। वि.सं २०७२ साल वैशाख १२ गते गएको भूकम्पको धक्का महसुस १४ दिन बितिसक्दा पनि अझै सम्म गरीएको छ। २०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्पमा परी हालसम्ममा ७ हजार ९ सय ४१ जनाको ज्यान गई सकेको र खोजि तथा उद्दारकार्य अझै जारी रहेको हुनाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। हालसम्म धेरै मृत्यु हुनेको सङ्ख्या सिन्धुपाल्चोकमा दुई हजार ९३९ पुगेको छ भने काठमाडौँमा मृतकको सङ्ख्या एक हजार २०९ पुगेको छ। भूकम्पका कारण १० हजार ८०३ सरकारी घरहरू तथा भवन पूर्णरूपमा क्षति भएका छन्। आंशिक रूपमा १५ हजार ०३४ घर तथा भवनहरु क्षति भएका छन्।[३०] सर्वसाधारणका २ लाख ९७ हजार २६६ घरहरू पूर्ण क्षति भएका छन् भने २ लाख ७७ हजार ५० घरहरु आंशिक क्षति भएका छन्। त्यस्तै वैशाख २९ गते गते गएको अर्को ६.९ को पराकम्पले पनि सामान्य बन्दै गएको जनजिवन पनि फेरि त्रसित भएको थियो त्यसमा पनि धेरै मानिसले ज्यान गुमाएका थिए।

यस महाभूकम्पले नेपालमा ८ हजार ८ सय भन्दा बढीको ज्यान लियो भने झण्डै तीन गुणा बढी घाइते बनाएको थियो। भूकम्प आउँदा अधिकांश गाउँलेहरू घरबाहिर काम गरिरहेका थिए भन्ने तथ्यले गर्दा ग्रामीण क्षेत्रमा मर्नेहरूको सङ्ख्या कम भएको देखिएको थियो।[३१][३२] १ जेठ २०७२ सम्मको तथ्याङ्क अनुसार छ हजार भन्दा बढी मानिसहरूलाई उपचार गरिएको थिए। वैशाख १२ को महाभूकम्प र त्यसपछि आएका पराकम्पहरूले गर्दा झन्डै ३५ लाख मानिसहरू घरबारविहीन भएका थिए। यस भूकम्पको उदाहरणले भविष्यमा आउन सक्ने भूकम्पको अनुमानित क्षतिको आँकलन भरपर्दो हुनसक्छ भनेर देखाउँछ। वैशाख १२ को ७.८ रेक्टर स्केलको भूकम्पले लगभग ८,८०० जनाको ज्यान लिएको थियो भने भूकम्प शनिबारका दिन आएका कारण अधिकांश मानिसहरू घरमा भएकाले ज्यानहानी कम भएको आँकलन गरिन्छ। यसबाहेक भूकम्पको केन्द्रविन्दु ग्रामीण क्षेत्रमा भएका कारण सबैभन्दा बढी प्रभावित जिल्लाहरूमा जनसङ्ख्या घनत्व कम थियो र अधिकांश मानिसहरू भूकम्प आउँदा घरबाहिर थिए।[३३] यदि भूकम्प राती वा काम गर्ने हप्तामा आएको भए थुप्रै मानिसहरू असुरक्षित भवनहरूभित्र हुन्थे जसले गर्दा मृतकहरूको सङ्ख्या बढी हुन जान्थ्यो। भूकम्पका बेला २० हजार जति विदेशी नागरिक नेपाल भ्रमणमा आएको हुन सक्ने हिमालय टाइम्सले जनाएको थियो। यद्यपि विदेशमा यस भूकम्पका कारण मृत्यु भएका मानिसहरूको सङ्ख्या भने तुलनात्मक रूपमा कम थियो।[३४]

बालाजु क्षेत्रमा भत्किएका भवनहरू

भूकम्पसँगै लाङटाङ राष्ट्रिय निकुञ्जमा अवस्थित लाङटाङ उपत्यकाको घौडाबेला गाउँ र लाङटाङ गाउँमा हिमपहिरो गएपछि ३२९ जना बेपत्ता भएको समाचारमा आएको थियो भने यो हिमपहिरो दुईदेखि तीन किलोमिटर चौडा भएको अनुमान गरिएको थियो।[३५][३६] यस हिमपहिरधका कारण लाङटाङ गाउँ ध्वस्त भएको थियो। भूकम्पका बेला लाङटाङको बाहिरी भेगमा रहेका चायाम्की, थाङस्याप र मुण्डुजस्ता साना बस्तीहरू पुरिएका थिए। हिमपहिरोपछि १२ स्थानीय र २ विदेशी जीवित रहेको अनुमान गरिएको थियो।[३७] मेलुङ, सिमल र अर्खलेमा ठूलो क्षति पुगेको खबरसहित त्रिशूली नदीमा सानो पहिरो गएको थियो। २१ वैशाख २०७२ का दिन लाङटाङ क्षेत्रमा ५२ जनाको शव फेला परेको घोषणा गरियो जसमध्ये सात जना विदेशी नागरिक थिए। भौगर्भिक विभागका अनुसार लाङटाङ उपत्यकामा भविष्यमा पहिरोको चाप र तीव्रता आगामी दशकहरूमा बढ्दै गएको छ।[३८][३९] यो हिमपहिरो प्रत्यक्ष रूपमा भूकम्पको प्रभावको कारणले भएको हो जसले गर्दा लाङटाङ क्षेत्रको जमिन चर्किएको थियो।[४०]

पूर्णरूपले नष्ट धरहरा
पूर्णरूपले नष्ट भक्तपुरको कृष्ण मन्दिर

जनहानी तालिका

राष्ट्र अनुसारको क्षति
राष्ट्र मृत्यु घाइते स्रोत
नेपाल नेपाल >८४८६
>१७८६६ [४१][४२][४३]
भारत भारत ७८ ५६० [४४]
चीनी जनवादी गणराज्य चीन २६ ३८३ [४५]
बङ्गलादेश बङ्गलादेश २०० [४६]
जम्मा >८२५९ >१९००९
नेपालमा विदेशीहरूको क्षति
राष्ट्र मृत्यु घाइते स्रोत
भारत भारत ४० [४७]
फ्रान्स फ्रान्स १० [४८]
स्पेन स्पेन [४९]
जनबादी गणतन्त्र चीन चीन [५०]
जर्मनी जर्मनी [५१][५२]
इटाली इटाली [५३]
संयुक्त राज्य अमेरिका संयुक्त राज्य [५४]
क्यानडा क्यानडा [५५]
रसिया रुस [५०]
अस्ट्रेलिया अस्ट्रेलिया
भारत भारत
[५६][५७]
इस्टोनिया इस्टोनिया [५८]
हङकङ हङकङ
संयुक्त अधिराज्य संयुक्त अधिराज्य
[५९][६०]
इजरायल इजरायल [६१]
जापान जापान [६२]
न्युजिल्यान्ड न्युजिल्यान्ड [६३]
 संयुक्त अधिराज्य [६४]
मलेसिया मलेसिया [६५]
जम्मा ८५

क्षति

वैशाख १२ र त्यसपछि आएका भूकम्पका कारण देशका थुप्रै जिल्लाहरूमा हजारौँ घरहरू ध्वस्त भए जसमध्ये भूकम्पको केन्द्रमा रहेका केन्द्र रहेका गाउँका घरहरू पूर्णरूपमा क्षतिग्रस्त भएका थिए। काठमाडौँमा सेवा दिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भूकम्पलगत्तै बन्द भएपनि पछि राहत परिचालनका लागि र पछि केही व्यावसायिक उडानका लागि पुनः खोलिएको थियो।[६६][६७][६८] पछि भूकम्पको कारण यसले कहिलेकाहीँ सञ्चालन बन्द गर्दै २० वैशाखमा धावनमार्ग क्षतिको डरले सबैभन्दा ठूलो विमानलाई अस्थायी रूपमा बन्द गरिएको थियो।[६९] [७०]पोखराबाट पुनः २७ वैशाखमा महाशाखाको पश्चिमतर्फ उडान सुरु गरेको थियो।[७१]

वैशाख १२ को महाभूकम्पका कारण काठमाडौँ उपत्यकाका केही गिर्जाघरहरू भत्किएका थिए। नेपालमा इसाई धर्मवलम्बीहरूको प्रमुख दिन शनिबार भएकाले गिर्जाघरहरू भत्किदा ५०० जनाको मृत्यु भएको जनाइएको थियो। युनेस्कोको विश्व सम्पदा क्षेत्र काठमाडौँ दरबार क्षेत्रका केही मन्दिरहरूमा क्षति पुगेको थियो भने त्यस्तै गरी वि.सं १८३२ मा निर्माण गरिएको धरहरा पनि पूर्णरूपमा ध्वस्त भएको थियो भने धरहरा भत्किँदा कम्तीमा १८० जनाको मृत्यु भएको थियो।[७२][७३] गोरखाको मनकामना मन्दिर पहिले भूकम्पले क्षतिग्रस्त भएको थियो भने यो भन्दा पहिलेको भूकम्पले यस मन्दिरलाई आंशिक रूपमा ढल्काएको थियो। जनकपुरस्थित जानकी मन्दिरको उत्तरी भागमा क्षति पुगेको जनाइएको थियो।[७४][७५][७६][७७] भूकम्पका कारण ९ तले बसन्तपुर दरबारको माथिल्लो तह, दशअवतार मन्दिर र शिव पार्वती मन्दिरको पछाडि रहेका दुई देवलसहित काष्ठमण्डप, पञ्चेली मन्दिरलगायत काष्ठमण्डप लगायतका विभिन्न मन्दिरहरू भत्किएका थिए। तलेजु भवानी मन्दिर लगायत अन्य केही मन्दिरहरूमा पनि भूकम्पले आंशिक रूपमा क्षति पुर्‍याएको थियो।[७८][७९]

यस भूकम्पले गौशालास्थित जया बागेश्वरी मन्दिर, पशुपतिनाथ मन्दिरका केही भाग, स्वायम्भुनाथ, बुढानाथ स्तूप, रत्न मन्दिर, रानीपोखरी र दरबार हाइ स्कुलको माथिल्लो भाग ध्वस्त बनाएको थियो। पाटनको चाँगुनारायण मन्दिर, योग वीरेन्द्र मल्लको मूर्ति, पाटन दरबार क्षेत्र भित्रको पाटी, तलेजु मन्दिर, हरिशङ्कर, उमा महेश्वर मन्दिर र बुङमतीमा रहेको मछिन्द्रनाथ मन्दिर पनि ध्वस्त भएको थियो। त्रिपुरेश्वरमा मुगल वास्तुकलाबाट प्रेरित मन्दिर कल मोहन घाट पूर्ण रुपमा ध्वस्त भएको र नजिकैको त्रिपुरा सुन्दरीमा पनि ठूलो क्षति पुगेको थियो। भक्तपुरको चारधाम मन्दिर र १७औँ शताब्दीको भाटसाला दुर्गा मन्दिरलगायतका विभिन्न स्मारकपूर्ण वा आंशिक रूपमा ध्वस्त भएका थिए। उपत्यका बाहिर गोरखाको मनकामना मन्दिर, गोरखा दरबार, पलानचोक भगवती, काभ्रेपलाञ्चोक जिल्लाको रानीमहल, पाल्पा जिल्लाका रानीमहल, मकवानपुर जिल्लाको चुरियामाई, दोलखा जिल्लाको दोलखा भीमसेनस्थान र नुवाकोट दरबारमा क्षति पुगेको थियो। भारतको उत्तरपूर्वी भागमा पनि ठूलो क्षति पुगेको थियो भने उत्तराखण्ड, उत्तर प्रदेश, पश्चिम बङ्गाल र अन्य राज्यहरूमा भूकम्पको तीव्र झट्काहरू महसुस भएका थिए।[८०]

आर्थिक घाटा तथा सामाजिक पक्ष

महाभूकम्पका कारण चर्किएको सडक

वर्षा ऋतु सुरु हुनुअघिनै भूकम्पप्रभावित सर्वसाधारणहरूले बाली लगाउन थोरै समय मात्र पाउने भएकाले यस मौसममा उत्पादन कम हुने वा हराउन सक्ने चिन्ता व्यक्त गरिएको थियो। कुल ग्राहस्थ उत्पादन १९.९२१ अर्ब अमेरिकी डलर (सन् २०१२ को अनुमान अनुसार) भएको नेपाल एसियाकै सबैभन्दा कम विकसित देशमध्ये एक हो भने नेपालले ठूलो पुनर्निर्माण प्रयासलाई आफ्नै आर्थिक सहयोगबाट गर्ने क्षमता पनि कम रहेको छ।[८१] भूकम्प अघि पनि एसियाली विकास बैङ्कले हाल लगानी आकर्षित गर्न सन् २०२० सम्मको पूर्वाधार निर्माणमा वार्षिक भन्दा करिब चार गुणा बढी खर्च गर्नुपर्ने अनुमान गरेको थियो। अमेरिकी भौगर्भिक सर्वेक्षणले सुरुमा कुल ग्राहस्थ उत्पादनको ९ प्रतिशतदेखि ५० प्रतिशतसम्म आर्थिक नोक्सानी हुने अनुमान गरेको थियो।[८२] एसियाली विकास बैङ्कका अधिकारी हुन किमका अनुसार "नेपालको कुल ग्राहस्थ कति क्षति र त्यसको असर पर्छ भन्ने कुरा अहिलेका लागि धेरै कठिन छ।" एसियाली विकास बैङ्कले नेपाललाई तत्काल उद्धारका लागि ३ करोड अमेरिकी डलर अनुदान र पहिलो चरणको पुनःस्थापनाका लागि २ करोड अमेरिकी डलरसम्म अनुदान उपलब्ध गराउने बताएको थियो।[८३]

महाभूकम्प पश्चात् दक्षिण एसियाका वेश्यालयहरूमा महिलाहरूको आपूर्तिमा संलग्न मानव तस्करहरूले बचेकाहरूलाई सिकार बनाएको एक प्रतिवेदनले देखाएको थियो भने तस्करहरूले भूकम्पपछि उब्जिएको आर्थिक मन्दीको फाइदा उठाएका थिए। सबैभन्दा बढी प्रभावित गरिब समुदायका महिलाहरू थिए जसले आफ्नो घर गुमाएका थिए। अस्थायी शिविरहरूको असुरक्षित अवस्थाको प्रतिक्रियामा अन्तर्राष्ट्रिय सङ्गठनहरूले सुरक्षा समितिहरू लागू गर्दै शौचालय र स्नानकक्ष जस्ता आवश्यक कुराहरूका लागि नगद अनुदान प्रदान गरेको थियो।[८४] अन्तरदलीय महिला आयोगको प्रतिवेदनअनुसार एकल महिलाहरूले निकै कम राहात पाएका थिए। भूकम्पपछि महिला तथा नाबालकमाथि हुने हिंसा र बलात्कारका घटनाहरू पनि वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ। यसबाहेक भूकम्पले केही समूहका मानिसहरूलाई निकै असर पारेको थियो। तिब्बत-बर्मेली मानिसहरू मध्य उपत्यकाहरूको विपरीत पहाडका उच्च भीरहरूमा बसोबास गर्न थालेपछि सबैभन्दा बढी प्रभावित हुँदै गएकन थिए भने तिनीहरू शिक्षाबाट पनि बञ्चित भएका थिए।[८५] सरकारी सर्वेक्षणका अनुसार भूकम्प गएको करिब ३ महिनापछि बालबालिकामा कुपोषण निकै खराब अवस्थामा पुगेको थियो जसमा सबैभन्दा बढी कुपोषित तामाङ र चेपाङ जातका बालबालिकाहरू परेका थिए। विश्व खाद्य कार्यक्रमका अनुसार भूकम्प जानुअघि पाँच वर्षमुनिका ४१ प्रतिशत बालबालिकाहरू मारमा परेका थिए भने २९ प्रतिशत तौल कम देखिनुका साथै ११ प्रतिशत बालबालिकाहरू दुब्लाएको प्रतिवेदनमा उल्लेख छ।[८६]

राहत कार्य

राहत कार्यमा खटिएका सैनिकहरू

वैशाख १२ गतेको महाभूकम्प पश्चात् सरकारको निर्देशन र तोकेको समयसीमाअनुरुप भूकम्प प्रभावित जिल्लामा अस्थायी शिविर खडा गर्दै उद्धार कार्यका लागि ९०% नेपाली सेनालाई भूकम्प प्रभावित क्षेत्रमा पठाइएको थियो भने देशका अन्य भागहरूमा स्वयम्सेवक परिचालन गरिएको थियो। महाभूकम्प पछिको वर्षा र पराकम्पले उद्धार कार्यलाई जटिल बनाइरेहका बेला भूस्खलन र थप भवन पतन हुने चिन्ता बढेको थियो।[८७] भूकम्पपछि सेनाले अपरेसन ‘सङ्कट मोचन’ सञ्चालन गर्दै प्रभावित जिल्लामा प्राथमिकताका साथ खोज, उद्धार, राहत तथा भग्नावशेष व्यवस्थापनलगायत अन्य मानवीय सहयोग र जनहितका कार्य गरी सर्वसाधारण जनताको दैनिकी सामान्यीकरण गर्न खटिएका थिए।[८८] दुर्गम सडकहरू र बिग्रिएको सञ्चार पूर्वाधारहरूले उद्धार प्रयासहरूमा ठूलो चुनौती खडा गरेको थियो भने भूकम्प गएको एक हप्ता सम्म पनि भग्नावशेषमा पुरिएका केही मानिसहरूको जिवितै उद्धार गरिएको थियो। भूकम्प गएको १ महिनासम्म पनि मेडिसिनस सन्स फ्रन्टियर्स र रेड क्रस जस्ता मानवअधिकार आयोगहरूले गम्भीर घाइते भएका मानिसहरूको उद्धार गर्दै निःशुल्क रूपमा उपचारको व्यवस्था मिलाएको थियो।[८९][९०][९१] कयौँ मानिसहरू घरबारविहीन बनेपछि काठमाडौँ वासीहरू टुँडिखेलमा अस्थायी पालमा जीवन बिताउँदै आएका थिए जसकारण उक्त क्षेत्रमा मानिसहरूको चाप बढ्न गई सफा पानी र शौचालयको अभावका कारण महामारीको फैलिन सक्ने प्रबल सम्भावना बनेको थियो।[९२][९३]

महाभूकम्प गए पश्चात् आपतकालीन स्थितमा खटाइएका सैनिक तथा उद्धार टोलीले लडेका भवनहरू तथा भग्नावशेषमा फसेका चार व्यक्तिहरू मुटुको धडकन पत्ता लगाउने यन्त्रको सहायताले फसेका व्यक्तिहरूलाई उद्धार गर्न सफल भएका थिए जो काठमाडौँको उत्तरमा पर्ने चौतारा गाउँको दश फिट तल फसेका थिए।[९४] विभिन्न देशहरूबाट मुटुको धड्कन पत्ता लगाउने यन्त्रहरू प्रयोग गर्दै उद्धारकर्ताहरूको एक अन्तर्राष्ट्रिय टोलीले दुई फरकफरक ध्वस्त भवनहरू केही व्यक्तिहरूलाई उद्धार गर्न सफल भएका थिए। आपातकालीन सहायता कार्यको योजना बनाउनका लागि स्वयम्सेवहरूले सङ्कट मानचित्रणको प्रयोग गरेका थिए भने स्थानीय सङ्गठन काठमाडौँ लिभिङ ल्याबले स्थानीय ज्ञानको समन्वयमा सहायता गर्दै अन्तर्राष्ट्रिय सङ्कट मानचित्रण र मानवीय सङ्गठनहरूसँग सहकार्य गरेको थियो।[९५] संसारभरिबाट आएका स्वयम्सेवकहरूले मानचित्रमा भाग लिँदै अनलाइन नक्शामा विवरणहरू थप गर्ने काम गरेका थिए। स्वयम्सेवकहरूद्वारा चलाइएको परियोजना अन्तर्गत मानचित्रमा जानकारीहरू सामाजिक सञ्जाल, आवतजावत ठप्प भएको सडक माथि उडाइएको ड्रोन तथा उपग्रह तस्वीर, भत्किएका घरहरू, घरवारविहीन तथा भोका मानिसहरू र स्थानीय मानिसहरूको सहकार्यमा थप गरिएको थियो।[९६][९७][९८][९९][१००][१०१][१०२] भूकम्प गएपश्चात् खटिएका स्वयम्सेवकहरूले त्रुटिलाई कम गर्नका लागि मानचित्रमा राखिएका विवरणहरूलाई पुष्टि गरेका थिए। काठमाडौँ लिभिङ ल्याबद्वारा प्रयोग गरिएको प्रविधिहरू खुला स्रोत समाधानहरू माथि निर्मित थिए जसले उनीहरूलाई छिटो र प्रभावकारी तरिकाले काम गर्न सहयोग गरेको थियो। [१०३][१०४]

काठमाडौँ लिभिङ ल्याबको माध्यमबाट डिजिटल नक्शाकार्ताहरूले पहिलेदेखिनै जनघनत्व बढी भएको काठमाडौँ उपत्यकामा प्राविधिक तथा तथ्याङ्क सङ्कलन गर्ने काम गरिरहेको थियो भने मशाभूकम्प पश्चात् यस सङ्घले भूकम्प पछिको राहत कार्यमा प्राविधिक रूपबाट सहायता गरेको थियो।[१०५] त्यसपछि यस तथ्याङ्कलाई नेपाली नागरिकदेखि रेड क्रस, नेपाली सेना र संयुक्त राष्ट्रले प्रयोग गरेको थियो।[१०६] नेपाल भूकम्प सङ्कट मानचित्रण प्रयोगले हाइटी र इन्डोनेसियामा गएका भूकम्पबाट आपातकालीन सहायता कार्यको योजनाको बारेमा जानकारी भएको थियो।[१०७] भूकम्प गए पश्चात् भारतले नेपाललाई १ अर्ब अमेरिकी डलर नगद र सामग्री दिने निर्णय गरेको थियो। नेपाल पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल सरकारले देशको पुनर्निर्माणको लागि रकम जुटाउन योजना बनाएको थियो।[१०८]

कयौँ विदेशी सहायता आयोगद्वारा नेपालमा पठाइएका राहत सामग्रीहरूमा अखाद्य वस्तु रहेको जानकारी प्राप्त भएको थियो।[१०९][११०] संयुक्त राज्य मरिन कर्प्सको हेलिकप्टर राहत सामग्री ल्याउँदै गर्दन दुर्घटनाग्रस्त भएको थियो जो काठमाडौँबाट लगभग ४५ माइल (७२ किलोमिटर) पूर्वमा चरिकोटकम दुर्घटनाग्रस्त भएको थियो भने यस दुर्घटनामा परि दुई नेपाली सैनिक र ६ अमेरिकी नौसेनाको मृत्यु भएको थियो।[१११] आवश्यकता-पूर्ति अनुप्रयोग गेटमीको प्रयोगले काठमाडौँ दान केन्द्रमा दैनिक रक्त दाताहरूलाई दुई गुणा गर्नकन लागि रेड क्रससँगको साझेदारीमा एक विशेष पायलट संस्करण परिचालन गरेको थियो। नेपालमा राहत प्रयासका लागि उपग्रह र स्मार्टफोन जस्तो आधुनिक प्रविधिहरूको महत्वपूर्ण योगदान रहेको थियो।[११२] भूकम्प पछि ९ देशहरूका स्वयम्सेवी वैज्ञानिकहरूको एक समूहले व्यवस्थित मानचित्रण प्रदान गर्न सक्षम बनेको थियो जसले राहत कार्यलाई सहायता प्रदान गरेको थियो।[११३]

भूकम्प पछिको पुनर्निर्माण

निर्माणाधीन धरहरा

महाभूकम्प गए पश्चात् सोही वर्ष युनेस्को र संस्कृति मन्त्रालयले वर्षा ऋतु सुरु हुनुभन्दा अगाडि भूकम्पका कारण आंशिक रूपमा क्षतिग्रस्त भएका र लड्न लागेका पुरातात्त्विक संरचनाहरूको पुनर्निर्माण गर्न सुरु गरेको थियो। त्यसपछि पुरातात्त्विक तथा ऐतिहासिक संरचना सहित क्षति भएका भवनहरूको पुनर्निर्माण कार्यको थालनी गरिएको थियो।[११४] युनेस्कोका अनुसार काठमाडौँ उपत्यकामा ३० भन्दा बढी ऐतिहासिक भवनहरू भूकम्पका ध्वस्त भएका थिए भने १२० भवनहरू आंशिक रूपमा क्षतिग्रस्त बनेका थिए। हजार भन्दाबढी क्षतिग्रस्त तथा नष्ट भएका मठमन्दिर, ऐतिहासिक भवन तथा धार्मिक स्थलहरूको पुनर्निर्माण गर्नका लागि अनुमानित १ खर्ब ८६ करोड भन्दा बढीको लागत लाग्न जनाइएको थियो।[११५] युनेस्कोले उपत्यकामा सातवटा बहु-जातीय स्मारकहरूको समूहलाई एकल विश्व सम्पदाको रूपमा नियुक्त गर्दै स्वयम्भू, काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथ, चाँगुनारायण मन्दिरलाई समावेश गरेको थियो। पुरातात्त्विक भवनहरूको पुनर्निर्माणका लागि भत्किएका भवनहरूको माथि ड्रोनलाई उडाई क्षतिको आँकलन गर्दै त्यसको तस्वीरहरू खिचिएको थियो।

महाभूकम्प गएको ६ महिना पश्चात् कात्तिक महिनाबाट काठमाडौँको सुनधारा स्थित ऐतिहासिक धरहराको पुनर्निर्माण कार्य सुरु गरिएको थियो भने धरहराको पुनर्निर्माणको ठेक्का जिआइइटिसी–रमन जेभीले प्राप्त गरेको थियो।[११६] धरहराको पुनर्निर्माणका लागि यस कम्पनीले मुख्य धरहराको छेउमा जग खन्ने काम सुरु गरेको थियो। सोही महिनाबाट कम्पनीले पुरानो धरहरा र नयाँ बन्ने धरहरा क्षेत्रलाई तारबार गरी निर्माण सामग्री भण्डारण गर्न सुरु गरेको थियो भने थप निर्माण सामग्री राख्नका लागि कम्पनीले टुँडिखेलको दक्षिणी भाग प्रयोग गर्ने अनुमति प्राप्त गरेको थियो।[११७]नयाँ धरहरा पुरानोबाट १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा निर्माण कार्य गरिएको थियो भने नवनिर्मित धरहराको कुल उचाइ त्यसको गजुर सहित ७७ मिटर हुने भनिएको छ र यसको मोटाई भने पुरानोको भन्दा बढी हुने जानकारी दिइएको थियो।[११८]

प्रधानमन्त्री एवम् राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले २०७५ पुस १२ का दिन ऐतिहासिक धरहरा पुनर्निर्माणको शिलान्यास गरेका थिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा सुन्धारास्थित धरहरा पुनर्निर्माण स्थलमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले विधिपूर्वक धरहरा पुनर्निर्माणको शिलान्यास गरेका थिए। प्रधानमन्त्रीद्वारा शिलान्यास गरिएपश्चात् काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धरहरा पुनर्निर्माणका लागि महानगरपालिकाले आवश्यक सहयोग गर्ने बताएका थिए। [११९] धरहरा निर्माणका लागि अघिल्लोपटक प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले २०७२ सालमा नेपालीको लगानीबाटै धरहरा बनाउन ‘मेरो धरहरा म बनाउँछु’ अभियान सुरु गरेका थिए जसका लागि छुट्टै बैङ्क खातासमेत सञ्चालनमा ल्याइ प्रधानमन्त्री ओली र तत्कालीन मन्त्रीहरूले एक महिनाको तलब धरहराको पुनर्निर्माणमा योगदान दिएका थिए। २०७२ सालको भूकम्पबाट पूर्ण रूपमा क्षति भएको धरहराको २०औँ तलाको पुननिर्माणको काम ९ पुस २०७७ मा सम्पन्न भएको थियो।[१२०]

अन्तर्राष्ट्रिय सहायता

भूकम्प पश्चात् कुल ३ अर्ब अमेरिकी डलर नेपालको पुनर्निर्माणलाई सहयोग पुर्‍याउने उद्देशका साथ प्रदान गर्ने प्रतिज्ञा गरिएको थियो।[१२१][१२२] युनिसेफले १७ लाख बालबालिकाहरूलाई अस्थायी आवास, मनोवैज्ञानिक सल्लाह, रोग प्रकोपबाट बच्ने उपाय खानेपानी र सुरक्षाको खाँचो रहेको बताएको थियो भने कोषले उनीहरूका लागि पाल, पोशाक, पानी शुद्धीकरण गर्ने औषधि र बाल्टिहरू वितरण गरेको थियो। यसका साथै विभिन्न अन्य सङ्गठनहरू समान समर्थन प्रदान गरेका थिए।[१२३]

छिमेकी राष्ट्र भारतले भूकम्प पीडितहरूका लागि सबैभन्दा अगाडि राहत दिने घोषणा गरेको थियो। भारतीय सशस्त्र टोलीले भूकम्प पीडितहरूका लागि मैत्री नामक अभियान सञ्चालन गर्दै अस्थायी आवास र राहत प्रदान गरेको थियो।[१२४] भूकम्प पश्चात्, गैर-मौद्रिक राहतको अतिरिक्त एक अर्ब डलर सहयोग गरेको भारत नेपालको सबैभन्दा ठूलो दाता समेत बनेको थियो। नेपाल सरकारको अनुरोधमा चीन, एसियाली विकास बैङ्क र संयुक्त अधिराज्यले महत्वपूर्ण द्विपक्षीय सहायता प्रदान गर्नुका साथसाथै अन्य राष्ट्र र सङ्घ संस्थाहरूले नेपाललाई आवश्यक राहत सामग्री, राहत टोली र हेलिकप्टर प्रदान गरेका थिए।[१२५]

वैशाख १३ गते, अन्तर्राष्ट्रिय सहयोगी संस्था र सरकारहरूले उद्धारकर्मी परिचालन र भूकम्प पीडितहरूका लागि सहयोग गरेका थिए। नेपालमा कम मात्रामा हेलिकप्टर रहेकाले उनीहरूले नेपाललाई सहयोग पुर्‍याउन र मानिसहरूलाई दुर्गम क्षेत्रबाटमा उद्धार गर्नमा चुनौतिहरूको सामना गर्नुपरेको थियो।[१२६]

प्रधानमन्त्रीको आपतकालीन राहत कोष र यसको राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्र मार्फत सहायतामा नेपाल सरकारको आग्रहमा पनि राहत प्रयासहरूमा बाधा पुगेको थियो। यस प्रति चासो बढेपछि, पहिले देखि नै "गैर-लाभकारी" र गैर सरकारी संस्थाहरू मार्फत प्रत्यक्ष रूपमा सहायता प्राप्त गर्न सक्ने स्पष्ट पारिएको थियो। दाताहरूले गरेको सहयोगमा बेमेल र आपूर्तिमा ढिलाइ भएको सूचनाहरू समेत आएका थिए।[१२७] २०७२ वैशाख २० गते, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा नयाँ दरार देखिएपछि सहायता आपूर्तिका लागि खटिने मालवाहक विमानहरूमाथि प्रतिबन्ध लगाइएको थियो।

यो पनि हेर्नुहोस

सन्दर्भ सामग्री

  1. "यस्तो थियो २०७२ को डरलाग्दो महाभुकम्प"आइसीटी खबर। ४ अप्रिल २०२०। 
  2. २.० २.१ "भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ७ हजार ८८५ पुगेको छ भने १५ हजार ९४४ जना घाइतेभएका छन् शुक्रबार बिहान १० बजेसम्मको हो ।", online news, ८ मे २०१५, अन्तिम पहुँच ८ मे २०१५ 
  3. "२०७२ बैशाख १२ को महाभुकम्प २० आणविक भट्टि विस्फोट बराबर शक्तिशाली"सङ्कल्प खबर। २६ अप्रिल २०१५। सङ्ग्रह मिति २६ अप्रिल २०१५ 
  4. "२०७२ को महाभूकम्पको अनुभूति", राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल 
  5. "नेपाल भूकम्प: विगत आठ सय वर्षमा ५० वटा ठूला भूकम्प, राजाको पनि ज्यान गएको थियो", बिबिसी नेपाल, अन्तिम पहुँच २४ अप्रिल २०१९ 
  6. "नेपाल भयावह भूकम्पको खतरामा रहेको भन्दै विज्ञहरूले दशकौँदेखि चेतावनी दिएका छन्", द वासिङ्टन पोस्ट, अन्तिम पहुँच २९ अप्रिल २०१५ 
  7. "महा भूकम्प", सिएनएन, २६ अप्रिल २०१५, अन्तिम पहुँच २९ अप्रिल २०१५ 
  8. "विनाशकारी भूकम्पले नौतले धरहरा ध्वस्त", अनलाइन खबर, १२ वैशाख, अन्तिम पहुँच १२ वैशाख २०७२ 
  9. "२०७२ को महाभुकम्पमा भत्किएकाे धरहरा यस्तो बन्दैछ", एबिसी नेपाल टिभी 
  10. "२०७२ को भुईंचालोको सम्झना [तस्बिरमा]", इ कान्तिपुर 
  11. महेश श्रेष्ठ (१४ मे २०१५), "यस हप्तामा भूकम्पका कारण मर्नेहरूको सङ्ख्या १२५ भन्दा माथि", सिएनएन, अन्तिम पहुँच १४ मे २०१५ 
  12. तिलकप्रसाद सापकोटा। "महाभूकम्पको २ वर्ष"अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति ५ मार्च २०२१ 
  13. "सगरमाथा आरोहणको कालो दिन, हिमपहिरो दुर्घटनाको ४ वर्ष" (नेपाली) भाषा)। नागरिक दैनिक। सङ्ग्रह मिति ५ मार्च २०२१ 
  14. "भूकम्पको क्षतिले सगरमाथा आरोहण नरोकिने" (नेपाली) भाषा)। अनलाइन खबर। सङ्ग्रह मिति ५ मार्च २०२१ 
  15. "नेपालमा भूकम्प कसरी गयो ?"कान्तिपुर दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति ५ मार्च २०२१ 
  16. श्रीकमल द्विवेदी। "नेपालको भूगर्भ र महाभूकम्प २०७२ का जिज्ञासा"सेतोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति ५ मार्च २०२१ 
  17. १७.० १७.१ Kim Hjelmgaard (२६ अप्रिल २०१५), "Nepal hit by major aftershock as search for quake survivors intensifies", USA Today, अन्तिम पहुँच २६ अप्रिल २०१५ 
  18. "尼泊尔8.1级地震致中国西藏震感强烈有房屋倒塌" (चिनियाँमा), २५ अप्रिल २०१५, अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  19. "Fresh Tremors in North India, Including Delhi, a Day After Nepal Earthquake", NDTV, २६ अप्रिल २०१५, अन्तिम पहुँच २६ अप्रिल २०१५ 
  20. "LIVE: Death toll rises to 2200 in Nepal earthquake, India resumes rescue ops", The Indian Express, २६ अप्रिल २०१५, अन्तिम पहुँच २६ अप्रिल २०१५ 
  21. "Koshi Highway obstructed", ekantipur.com, अन्तिम पहुँच २७ अप्रिल २०१५ 
  22. "IRIS: Special Event: Nepal", iris.edu 
  23. "७.३ रेक्टर स्केलको भूकम्पको धक्का" (नेपाली) भाषा)। अनलाइन खबर। सङ्ग्रह मिति ५ मार्च २०२१ 
  24. "M7.3 – 18km SE of Kodari, Nepal", USGS Earthquake Hazards Program। 
  25. "7.3 Magnitude Earthquake hits North India including Bihar", news.biharprabha.com, १२ मे २०१५, अन्तिम पहुँच १२ मे २०१५ 
  26. "Nepal earthquake, magnitude 7.3, strikes near Everest", BBC News, १२ मे २०१५, अन्तिम पहुँच १२ मे २०१५ 
  27. "M7.3 – 18km SE of Kodari, Nepal", United States Geological Survey, १२ मे २०१५, अन्तिम पहुँच १२ मे २०१५ 
  28. Hough, Susan E.; Martin, Stacey S.; Gahalaut, Vineet; Joshi, Anand; Landes, M.; Bossu, R. (१ डिसेम्बर २०१६), "A comparison of observed and predicted ground motions from the 2015 MW7.8 Gorkha, Nepal, earthquake", Natural Hazards 84 (3): 1661–1684, आइएसएसएन 0921-030X, डिओआई:10.1007/s11069-016-2505-8 
  29. "Grow Up Together " Nepal Earthquake", growuptogether.org, मूलबाट ९ मे २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अप्रिल २०१६ 
  30. "Glacial lake burst triggers floods in Solu", ekantipur.com, अन्तिम पहुँच १३ जुन २०१५ 
  31. Jason Burke; Ishwar Rauniyar in Kathmandu (१ मे २०१५), "Nepal earthquake death toll exceeds 6,000 with thousands unaccounted for | World news", The Guardian, अन्तिम पहुँच ३ मे २०१५ 
  32. "Nepal Disaster Risk Reduction Portal", २९ जुन २०१५, मूलबाट २९ जुन २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ मे २०१७ 
  33. The Latest on Nepal: In Ravaged Hamlets, Lives Were Spared, U.S. News and World Reports, 29 April 2015
  34. Manesh Shrestha; Jethro Mullen; Laura Smith-Spark (१५ मे २०१५), "Nepal's latest earthquake: Death toll climbs above 100", CNN, अन्तिम पहुँच १५ मे २०१५ 
  35. "89 foreigners missing after earthquake in Nepal", aswani, २३ मे २०१५। 
  36. Daigle, Katy (२८ अप्रिल २०१५), "250 people feared missing after mudslide in Nepal village", Daily News, अन्तिम पहुँच १ मे २०१५ 
  37. Dave (२९ अप्रिल २०१५), "Landslides in Langtang during and after the Nepal earthquake", AGU Blogosphere, AGU Blogosphere, अन्तिम पहुँच १ मे २०१५ 
  38. "British archeologist 'terrified' after narrowly escaping death in Nepalese earthquake", अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  39. "Landslides in Langtang during and after the Nepal earthquake", Rappler.com, Agence France-Presse, २९ अप्रिल २०१५, अन्तिम पहुँच १ मे २०१५ 
  40. SHASHANK BENGALI AND BHRIKUTI RAI, "Nepal quake: 52 bodies found in remote valley where trekkers missing", Los Angeles Times, अन्तिम पहुँच ४ मे २०१५ 
  41. नेपाल प्रहरीको तथ्याङ्क अनुसार
  42. "LIVE: 250 people feared missing after mudslide in Nepal village", The Indian Express, २८ अप्रिल २०१५, अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  43. http://www.assamtribune.com/scripts/detailsnew.asp?id=apr2815/at050
  44. "Quake claims 72 lives in India", DD News, अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  45. "25 dead, 117 injured in Tibet following Nepal earthquake", Xinhua, २७ अप्रिल २०१५, अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  46. "4 killed, 18 Bangladesh districts affected in earthquake, says govt", Bdnews24.com, अन्तिम पहुँच २६ अप्रिल २०१५ 
  47. "40-indian-nationals-confirmed-dead-in-nepalearthquake-8-are-missing", अन्तिम पहुँच ४ मे २०१५ 
  48. "Népal: quatre Français morts et neuf disparus annonce Laurent Fabius" (Frenchमा), HuffPost, अन्तिम पहुँच ६ मे २०१५ 
  49. "59 españoles continúan desaparecidos tras el terremoto en Nepal", Cadenaser, १ मे २०१५, अन्तिम पहुँच २ मे २०१५ 
  50. ५०.० ५०.१ "Russian Diplomats Missing in Nepal Found Dead", The Moscow Times, ८ मे २०१५, अन्तिम पहुँच ८ मे २०१५ 
  51. Getik, Demid, "Foreigner victims Detail of Earthquake", नेपाल प्रहरी, अन्तिम पहुँच २०१५-०५-०३ 
  52. "Zwei weitere Deutsche nach Erdbeben in Nepal gestorben, nsgesamt geben die nepalesischen Behörden die Zahl der toten Deutschen nun mit vier an", berlinerkurier.de, अन्तिम पहुँच २०१५-०५-०३ 
  53. "terremoto Nepal", Emergenza24, अन्तिम पहुँच २७ अप्रिल २०१५ 
  54. "The fourth American confirmed to have died was Vinh B Truong, who had been enjoying a hiking holiday when the tragedy happened; death toll soars past 5,000", Daily Mail, २७ अप्रिल २०१५, अन्तिम पहुँच २७ अप्रिल २०१५ 
  55. "St. Albert couple confirmed dead following Nepal earthquake", CTV Edmonton, २ मे २०१५, अन्तिम पहुँच २ मे २०१५ 
  56. "Kashmiri-origin mountaineer Renu Fotedar dies in Everest avalanche", Hindustan Times, २८ अप्रिल २०१५, अन्तिम पहुँच २ मे २०१५ 
  57. "Nepal earthquake: Melbourne woman Renu Fotedar killed", The Sydney Morning Herald, २७ अप्रिल २०१५, अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  58. "Hong Kong resident confirmed dead in Nepal earthquake as 15 more remain missing", SCMP, २८ अप्रिल २०१५, अन्तिम पहुँच २९ अप्रिल २०१५ 
  59. "British death in Nepal earthquake confirmed", BBC News, २०१५-०४-२९, अन्तिम पहुँच २०१५-०५-०३ 
  60. "Nepal earthquake death toll expected to rise sharply - live updates", The Guardian, २७ अप्रिल २०१५, अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  61. Andrea Vance & Rosanna Price (२८ अप्रिल २०१५), "One Kiwi dead after Nepal earthquake", Staff, अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  62. "Nepal earthquake: British gap year student confirmed dead", BBC News, ९ मे २०१५, अन्तिम पहुँच १० मे २०१५ 
  63. नेपाल प्रहरीको रेकर्ड अनुसार
  64. Shrestha, Sahina (१ मे २०१५), "Langtang is gone", Nepali Times, अन्तिम पहुँच २ मे २०१५ 
  65. McCarthy, Julie (३० अप्रिल २०१५), "He Carried His Mom on His Back For 5 Hours En Route To Medical Care", Montana Public Radio, अन्तिम पहुँच २ मे २०१५ 
  66. Kaini, Sudip (२९ अप्रिल २०१५), "Great Earthquake wipes out Barpak", द काठमाडौँँ पोस्ट, मूलबाट ४ मे २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २ मे २०१५ 
  67. "Kathmandu airport shut, flights to resume from Sunday", ABP Live, २५ अप्रिल २०१५, अन्तिम पहुँच २६ अप्रिल २०१५ 
  68. "Quake agony revealed quietly on trip from Nepal airport", The Washington Post, मूलबाट ४ मे २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  69. "Relief for tourists after Pokhara flights resume", Myanmar Times 
  70. "Nepal Quake Collapses Churches on Worshippers During Service; Bodies Still Not Recovered", Christianpost.com, अन्तिम पहुँच ३ मे २०१५ 
  71. "Nepal Earthquake Collapses Churches during Weekly Worship Services", ChristianityToday.com, अन्तिम पहुँच ३ मे २०१५ 
  72. Goyette, Braden (२५ अप्रिल २०१५), "Historic Tower Collapses in Nepal Earthquake", The Huffington Post, अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  73. Deepak Nagpal (२५ अप्रिल २०१५), "LIVE: Two major quakes rattle Nepal; historic Dharahara Tower collapses, deaths reported in India", Zee News, अन्तिम पहुँच २५ अप्रिल २०१५ 
  74. "Historic Dharahara tower collapses in Kathmandu after earthquake", २५ अप्रिल २०१५, अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  75. "180 bodies retrieved from debris of Nepal's historic tower", अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  76. "Earthquake in Nepal 2015", The Natural Disasters, मूलबाट ५ मे २०१५-मा सङ्ग्रहित। 
  77. Before and After the Earthquake in Nepal (photographs), nytimes.com, 25 April 2015; accessed 4 May 2015.
  78. "Historical monuments lost forever", The Nation, २६ अप्रिल २०१५, अन्तिम पहुँच २८ अप्रिल २०१५ 
  79. "In Nepal, senior UN official warns 'clock is ticking' for earthquake relief efforts", The United Nations News Centre, ४ मे २०१५, अन्तिम पहुँच ४ मे २०१५ 
  80. "Nepal Economy Devastated Following Earthquake", PrimePair, मूलबाट १८ मे २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अप्रिल २०१५ 
  81. "Nepal's Slowing Economy Set for Freefall Without Global Help", Bloomberg Business, अन्तिम पहुँच २६ अप्रिल २०१५ 
  82. Burke, Jason (५ मे २०१५), "Nepal quake survivors face threat from human traffickers supplying sex trade", The Guardian, अन्तिम पहुँच ७ मे २०१५ 
  83. "Migrant Workers and their Families", United Nation Nepal Information Platform, अन्तिम पहुँच ७ मे २०१५ 
  84. "FALSE PROMISES: 12 000 NEPALESE GIRLS ARE TRAFFICKED FOR SEX WORK EVERY YEAR", People in Need, अन्तिम पहुँच २८ जुलाई २०१७ 
  85. Deadly earthquake: Death-toll reaches 4400. In: Kantipur (daily), 28 April 2015.
  86. (A collection of Field Reports) (२ मे २०१५), "The Latest on Nepal: Chance of finding more survivors slim", The Tampa Tribune, मूलबाट ९ मे २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २ मे २०१५ 
  87. "Nepal Earthquake: Man Explains How He Survived in Rubble for 82 Hours", ABC News (US), AP, २९ अप्रिल २०१५, अन्तिम पहुँच ४ मे २०१५ 
  88. "Four survivors pulled alive from earthquake rubble in Nepal", RTE News, Ireland, ३ मे २०१५, अन्तिम पहुँच ४ मे २०१५ 
  89. Sedhai, Roshan, "Still finding survivors", ekantipur.com, अन्तिम पहुँच २ मे २०१५ 
  90. "Nepal – 1 May 2015", Medecins Sans Frontieres (Doctors Without Borders), अन्तिम पहुँच १ मे २०१५ 
  91. 30 April 2015, "Japanese Red Cross medical teams reach communities beyond Kathmandu", International Federation of Red Cross and Red Crescent Societies, अन्तिम पहुँच १ मे २०१५ 
  92. Lee, Brianna (३० अप्रिल २०१५), "Nepal Earthquake: In Tent Cities, Water Shortages, Open Toilets Add To Fears Of Looming Health Disaster", International Business Times, अन्तिम पहुँच २ मे २०१५ 
  93. Howard, Brian Clark; 07, National Geographic PUBLISHED May (७ मे २०१५), "NASA Technology Finds Nepal Survivors by Their Heartbeats", National Geographic News, अन्तिम पहुँच ८ मे २०१५ 
  94. "The Humanitarian OpenStreetMap Team (HOT)" 
  95. Clark, Liat (२८ अप्रिल २०१५), "How Nepal's Earthquake Was Mapped in 48 Hours", Wired (U.K.), अन्तिम पहुँच ४ मे २०१५ 
  96. Shakya, Ayesha (१ मे २०१५), "Mapping the aftermath", The Nepali Times, अन्तिम पहुँच ४ मे २०१५ 
  97. "Can workers save Nepal's sacred sites before the monsoons hit?", PBS NewsHour, ५ मे २०१५, अन्तिम पहुँच ६ जनवरी २०१७ 
  98. "How data gathering has helped in Nepal", The Irish Times, अन्तिम पहुँच ६ जनवरी २०१७ 
  99. "How social media is helping Nepal rebuild after two big earthquakes", Quartz, अन्तिम पहुँच ६ जनवरी २०१७ 
  100. Bochenski, Natalie (५ मे २०१५), "Brisbane developers assist Nepal", Brisbane Times, अन्तिम पहुँच ६ जनवरी २०१७ 
  101. "Earthquake in Nepal, India, Bangladesh, China", un-spider.org, अन्तिम पहुँच २८ मे २०१५ 
  102. Parker, Laura (१ मे २०१५), "How 'Crisis Mapping' Is Shaping Disaster Relief in Nepal", The National Geographic, अन्तिम पहुँच ४ मे २०१५ 
  103. "Showing Reports... (Nepal Earthquakes 2015)", Kathmandu Living Labs, मूलबाट ८ मे २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ मे २०१५ 
  104. comments, 08 Jun 2016 Nirab Pudasaini Feed 405up 2, "Open source and open data's role in Nepal earthquake relief", Opensource.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०१-०३ 
  105. Soden, Robert; Budhathoki, Nama; Palen, Lasia, "Resilience-Building and the Crisis Informatics Agenda: Lessons Learned from 'Open Cities Kathmandu'", Proceedings of the 11th International ISCRAM Conference – University Park, Pennsylvania (USA) – (May 2014), मूलबाट ४ मे २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ मे २०१५ 
  106. "India to donate $1 billion to Nepal", The Daily Telegraph 
  107. "NHRC to govt: Take action against WFP", ekantipur.com, अन्तिम पहुँच २८ मे २०१५ 
  108. "7,000 liters of relief oil disposed", ekantipur.com, अन्तिम पहुँच २८ मे २०१५ 
  109. Sugam Pokharel; Kimberly Hutcherson, "8 bodies recovered from U.S. helicopter crash site; pilot identified", CNN, अन्तिम पहुँच १६ मे २०१५ 
  110. Kargel, J. S.; Leonard, G. J.; Shugar, D. H.; Haritashya, U. K.; Bevington, A.; Fielding, E. J.; Fujita, K.; Geertsema, M. et al. (८ जनवरी २०१६), "Geomorphic and geologic controls of geohazards induced by Nepal's 2015 Gorkha earthquake", Science 351 (6269): aac8353, आइएसएसएन 0036-8075, डिओआई:10.1126/science.aac8353, पिएमआइडी 26676355 
  111. Pool, Rebecca, "Photonics technologies are first responders to Nepal earthquake", SPIE Newsroom, अन्तिम पहुँच २१ मे २०१५ 
  112. "नेपालका ८ ऐतिहासिक स्थलहरू"राष्ट्रिय भूगोल। २७ अप्रिल २०१५। सङ्ग्रह मिति १० जुन २०१५ 
  113. "गोरखा भूकम्प २०७२" (PDF)राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ मार्च २०२१ 
  114. "धरहरा पुनर्निर्माण ठेक्काको आर्थिक प्रस्ताव खोलियो, सबैभन्दा कम कबुल गर्ने जिआइइटिसी–रमन जेभी" (नेपाली) भाषा)। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण। सङ्ग्रह मिति २५ मार्च २०२१ 
  115. "प्रधानमन्त्री ओलीद्वारा ऐतिहासिक धरहरा पुनर्निर्माणको शिलान्यास"एनआरए 
  116. "धरहरा निर्माण प्रकिया अघि बढ्यो, यस्तो बन्‍नेछ"नेपाल समय (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ मार्च २०२१ 
  117. "धरहरा पुनर्निर्माण ३२ प्रतिशत सकियाे"हिमाल खबर 
  118. "धरहराको २०औँ तला पुनर्निर्माण सम्पन्‍न"इ कान्तिपुर। २४ डिसेम्बर २०२०। 
  119. "Nepal donors pledge $3bn for rebuilding in aftermath of earthquakes", द गार्डियन, २०१५-०६-२५, अन्तिम पहुँच २०२०-०४-१२ 
  120. शर्मा, भाद्र; निजार, निदा (२०१५-०६-२५), "Foreign Donors Pledge $3 Billion to Help Rebuild Quake-Ravaged Nepal", द न्युयोर्क टाइम्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०४-१२ 
  121. "भूकम्पका कारण १० लाख बालबालिका स्कूल जानबाट बञ्चितः युनिसेफ"अनलाइन खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ मार्च २०२१ 
  122. "दाता सम्मेलनमा साढे तीन खर्बभन्दा बढी घोषणा, कसले कति बोले ?" (नेपाली) भाषा)। सङ्ग्रह मिति ५ मार्च २०२१ 
  123. "Nepal earthquake: Racing against time, government pleads for rescue helicopters to reach remote mountain regions", The Independent, २३ मे २०१५, अन्तिम पहुँच २३ मे २०१५ 
  124. Sriram, Jayant (३ मे २०१५), "Hopes dim for survivors", The Hindu, अन्तिम पहुँच ३ मे २०१५ 
  125. "आठ जिल्लामा उद्धार केन्द्रित: नेपाली सेना"बीबीसी नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ मार्च २०२१ 

बाह्य कडीहरू

This page is based on a Wikipedia article written by contributors (read/edit). Text is available under the CC BY-SA 4.0 license; additional terms may apply. Images, videos and audio are available under their respective licenses. Cover photo is available under CC BY 2.0 license.