विकिपिडिया:प्रमुख लेख/वैशाख, २०७८

प्रमुख लेख
Cscr-featured.svg

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३१,८२९ लेखहरू छन् जस मध्येबाट १२९ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

प्रमुख सामाग्रीहरू


प्रमुख लेख औजारहरू

२०७८ वैशाख पहिलो

बागमती प्रदेश

बागमती प्रदेश नेपालका सात प्रदेशहरू मध्ये एक हो। यस प्रदेशको राजधानी हेटौँडा हो भने देशको राजधानी काठमाडौँ समेत यस प्रदेशमा पर्दछ। यस प्रदेशले २०,३०० वर्ग किलोमिटरको क्षेत्रफल ओगटेको छ अर्थात् यसले नेपालको कुल क्षेत्रफल १४७,१८१ मध्ये १३.७९% क्षेत्रफल ओगटेको छ। प्रदेशको पूर्वमा प्रदेश नं. १ र पश्चिममा गण्डकी प्रदेश पर्दछ भने उत्तरमा चीन र दक्षिणमा प्रदेश नं. २ तथा भारतसँग यसले सीमाना साझेदारी गरेको छ। समुद्र सतहदेखि १४१ मिटरमा देखि ७,२२९ मिटर सम्म फैलिएको यस प्रदेशको तल्लो बिन्दु भनेको चितवनको गोलाघाट हो भने माथिल्लो बिन्दु लाङटाङ हिमाल हो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा उल्लेखित तथ्य अनुसार, धादिङ, दोलखा, रसुवा, सिन्धुपाल्चोकरामेछाप गरि पाँचवटा हिमाली जिल्ला, नुवाकोटकाभ्रेपलाञ्चोक गरि दुईवटा पहाडी जिल्ला, काठमाडौँ, भक्तपुरललितपुर गरि तीनवटा उपत्यकाका जिल्ला र सिन्धुली, चितवनमकवानपुर गरि तीनवटा भित्री मधेसका जिल्लाहरू यसमा पर्दछन्। (पूरा  पढ्नुहोस्...)

२०७८ वैशाख दोस्रो

पृथ्वीनारायण शाह

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह (वि.सं.१७७९-१८३१) शाहवंशीय राजा थिए। स-साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। उनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ। नेपालमा २००७ सम्म राणा शासन थियो भने सात सालको क्रान्ति पश्चात् नेपालमा आएको प्रजातन्त्र पश्चात् योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रक्रिया सुरु गरेका थिए।

पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भएको थियो। १८७१ कार्तिक १८ गते सुरु भएको नेपाल अङ्ग्रेज युद्ध पश्चात् सुगौली सन्धि सम्म यो भू-भाग नेपाल अधिनमा रहेको थियो। पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे सङ्क्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरेपनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइ रहेका थिए।नेपाल एकीकरण अभियानको पूर्णविराम चाँही उनको पनाती राजा गिर्वाण युद्ध विक्रम शाहका पालामा भएको नेपाल-अङ्ग्रेज नेपाल अङ्ग्रेज युद्ध पछि भएको थियो। वि.सं. १८७३ सालमा सुगौलीको सन्धि नहुञ्जेल सम्म पुरा ७२ वर्षसम्म एकीकरण अभियान चलेको थियो। (पूरा  पढ्नुहोस्...)

This page is based on a Wikipedia article written by contributors (read/edit). Text is available under the CC BY-SA 4.0 license; additional terms may apply. Images, videos and audio are available under their respective licenses. Cover photo is available under CC BY 2.0 license.