विकिपिडिया

विकिपिडिया
A white sphere made of large jigsaw pieces. Letters from several alphabets are shown on the pieces
Wikipedia wordmark
विकिपिडियाको प्रतीक
साइटको प्रकार
इन्टरनेट ज्ञानकोष
उपलब्ध भाषा२९० सक्रिय संस्करण (जम्मा २९९)
मालिकविकिमिडिया फाउन्डेसन
सर्जकजिम्मी वेल्स, ल्यारी स्याङ्गर
युआरएलwikipedia.org
अलेक्सा क्रमSteady १४ (जुलाई २०२०)[१]
व्यवसायिकहैन
दर्ताअतिरिक्त, तर खाता बनाउदा सुरक्षित गरिएका पृष्ठहरूलाई सम्पादन गर्न मिल्ने
प्रयोगकर्ताहरू२,९४,१०३ सक्रिय योगदानकर्ता (अगस्ट २०२०),[२] ५२,४३३ जम्मा खाता

विकिपिडिया (अङ्ग्रेजी: Wikipedia) बहुभाषी वेबमा आधारित स्वतन्त्रखुला ज्ञानकोश हो। विकिपिडिया शब्द विकि, धेरैजनाले सहकार्यमा वेवसाइट तयार गर्ने प्रविधि) ज्ञानकोष जोडिएर बनेको हो। विकिपिडियामा स्वयंसेवकहरूबाट लेखहरू लेखिन्छन्। यसका धेरैजसो लेखहरू इन्टरनेटमा पहुँच भएका जो कोहीले पनि संशोधन,परिवर्तन र परिमार्जन गर्न सक्छन्। विकिपिडियाका मुख्य सर्भरहरू संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा अवस्थित छन्। अन्य सर्भरहरू एम्स्टर्‍ड्याम र सउलमा छन्। विकिमिडिया फाउन्डेसन नामको एउटा गैर-नाफामुखी संस्थाद्वारा सञ्चालित विकिपिडियाका प्रायजसो सबै पृष्ठहरूलाई विकिपिडियामा पहुँच भएका जोकसैले पनि परिमार्जन गर्न सक्छ। सन् २००१ मा जिम्मी वेल्सलारी स्याङ्गरले यसको सुरुवात गरेका थिए। हाल यो इन्टरनेटमा सबैभन्दा ठूलो र प्रख्यात सन्दर्भ सामग्री बन्न पुगेको छ। नेपालमा पनि विकिपिडियाको स्थापनाकाल देखि नै प्रयोग हुँदै आएको पाइन्छ। खासगरी कुनै पनि विषयको जानकारी पाउने र आफूलाई थाहा भएको विषयमा जोकसैले पनि लेख लेख्न वा सम्पादन गर्न सक्ने भएकोले विकिपिडियाको लोकप्रियता बढेको हो। हाल विश्वमा सबैभन्दा धेरै हेरिने ६ इन्टरनेट सञ्जाल मध्ये यो पनि एक हो।[१]

सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने विकिपिडियाले अहिलेसम्म आफ्नो पृष्ठमा कुनैपनि व्यावसायिक विज्ञापन राखेको छैन। विना विज्ञापनका सामग्री निःशुल्क रूपमा पढ्न पाउनु अहिलेको युगमा आश्चर्यकै विषय हुन पुगेको छ। विकिपिडियामा लेख रचनाहरू योगदान दिने सबै व्यक्तिहरू स्वयंसेवी हुन्। विकिपिडियामा विना कुनै पारिश्रमिक लेख रचना लेख्ने स्वयंसेवीको सङ्ख्या अहिले दशौँ लाख पुगेको छ।

नेपालमा विकिपिडिया

नेपालमा सन् २००२ मा विकिपिडियाको नेपाली संस्करण सुरू गरिएको हो। हाल नेपाली भाषामा ३१,७९४ वटा साना-ठूला लेखहरू छन्। यसमा भएका जम्मा नेपाली पेजहरूको संख्या भने ५० हजार भन्दा बढी छन्। नेपाली विकिमा हालसम्ममा ५२,४३३ प्रयोगकर्ताहरू दर्ता भएका छन् जसमध्ये सक्रिय प्रयोगकर्ताहरू सरदर ११० जना सक्रिय रहन्छन्। अहिले नेपाली विकिपिडियामा ३ जना प्रबन्धकहरू विकिपिडियामा नेपाली बाहेक नेपाल भित्र बोलिने अरू भाषाहरूमा पनि पृष्ठहरू उपलब्ध छन्। जस्तै नेपाल भाषा, भोजपुरी भाषा, मैथली भाषा पाली भाषा, डोट्याली भाषा

विकिपिडिया लगायत विभिन्न विकी परियोजनाहरूलाई प्रवर्द्धन गर्न तथा तिनलाई सहयोग गर्नका साथै अन्य स्रोत सामग्रीहरूको व्यवस्था गर्नका लागि विकिमिडिया फाउन्डेसन नामको संस्था कार्यरत रहेको छ। त्यसको नेपाली संस्करणको रूपमा विकिमिडिया नेपाल नामक संस्था स्थापनाको लागि प्रस्ताव गरी प्रक्रिया अघि बढाइएको छ। यसले नेपालमा बोलिने सबै भाषाका विकिहरूको प्रवर्द्धन तथा विकासका लागि सहयोग गर्दछ। यस संस्थाले कुनैपनि लेखमा नेपाल सम्बन्धि विवाद आइपरेमा त्यसको निवारण गर्ने कार्य समेत गर्नेछ।

विकिपिडिया जेरो

यो विकिपिडिया फाउन्डेसन र मोबाइल सेवा प्रदायकबीच सम्झैता भै इन्टरनेट उपभोक्तालाई नि:शुल्क रूपमा विकिपिडिया पहुँच गर्न दिने परियोजना।

विकिपिडियाका शाखाहरू

विकिपिडियामा विभिन्न शाखाहरू छन्। जस्तो कि विक्सनरी विक्सनरी, खुला पुस्तक विकिपुस्तक, विकि विश्वविद्यालय, विकिसमाचार (खुला समाचार), विकि प्रजाति, कमन्स, कथन(उक्ति सङ्ग्रह) आदि। नेपालीमा हाल विक्सनरी र विकिपुस्तक मात्र सञ्चालनमा रहेका छन्।

सम्बन्धित परियोजनाहरू

विकिपिडियाको स्थापना हुनुभन्दा अघि मानिसहरू लिखित तथा प्रविष्टिहरू समावेश गर्ने धेरै अन्तरक्रियात्मक ज्ञानकोशहरू अस्तित्वमा रहेका थिए। यी मध्ये पहिलो सन् १९८६ को बीबीसी डोम्सडे परियोजना थियो जसमा पाठहरू बीबीसी माइक्रो कम्प्युटरमा प्रवेश गरिएको थियो भने यसमा बेलायतका दश लाख भन्दा बढी योगदानकर्ताहरूको तस्वीरहरू समावेश गरिएको थियो। यसमा पछि बेलायतको भूगोल, कला र संस्कृतिलाई विषयहरूमा लेखहरू लेखिएको थियो। यो पहिलो अन्तरक्रियात्मक मल्टिमिडिया विश्वकोश थियो (आन्तरिक कडीहरू मार्फत जडान गरिएको पहिलो प्रमुख मल्टिमिडिया कागजात रहेको) जसमा अधिकांश लेखहरू बेलायतको अन्तरक्रियात्मक नक्सा मार्फत पहुँच योग्य थिए। प्रयोगकर्ता इन्टरफेस र डोम्सडे परियोजनाको सामग्रीको अंश सन् २००८ सम्म वेबसाइटमा राखिएको थियो। विकिपिडियाको स्थापनाको अवधिमा थुप्रै स्वतन्त्र-सामग्री, सहयोगी विश्वकोशहरू सृजना गरिएका थिए भने धेरै पछि यस परियोजनामा गाभिएका थिए। सर्वसाधारणद्वारा प्रविष्टिहरू समावेश गर्ने सबैभन्दा सफल प्रारम्भिक अनलाइन विश्वकोशहरू मध्ये एक एच२जु२ थियो जुन सन् १९९९ मा डगलस एडम्सद्वारा सिर्जना गरिएको थियो। एच२जि२ विश्वकोश तुलनात्मकमा समझदार र जानकारीमूलक दुवै लेखहरूमा केन्द्रित रहेको थियो।

पछिल्लो सहयोगी विश्वकोशीय वेबसाइटले विकिपिडियाबाट प्रेरणा लिएका देखिन्छ। त्यस्तै गरी, सुस्निङ डट नु, इन्साइक्लोपिडिया लिब्रे, हुदोङ र बायदु बाइकजस्ता विश्वकोहरूले पनि कुनै औपचारिक पुनरावलोकन प्रक्रिया अपनाएका छैनन्, यद्यपि कन्सर्भपिडियाजस्ता कोही विश्वकोहरू खुलाइएका छैनन्। इन्साइक्लोपिडिया अफ लाइफ, अनलाइन विकि इन्साइक्लोपिडियाज स्कोलारपिडिया र सिटिजनडियमजस्ता विश्वकोशहरूले पुनरावलोकनको सुविधा उपलब्ध गराएका छन् जसल पछिल्लो समय विकिपिडियाको भरपर्दो विकल्प बनाउने प्रयासमा सेङ्गरद्वारा सुरु गरिएको थियो।

सन्दर्भ सामग्री

  1. १.० १.१ "अलेक्सा क्रम", अन्तिम पहुँच अक्टोबर २०१७ 
  2. "विकिपिडिया तथ्याङ्क", अन्तिम पहुँच अगष्ट २०१७ 

यो पनि हेर्नुस्


बाह्य श्रोत

This page is based on a Wikipedia article written by contributors (read/edit). Text is available under the CC BY-SA 4.0 license; additional terms may apply. Images, videos and audio are available under their respective licenses. Cover photo is available under CC BY 2.0 license.