पोर्टल:भूगोल



भूगोल दुई शब्द भू अनि गोल बाट मिलेर बनेको छ, अर्थात गोलो भूमि अथवा जमीन अर्थात पृथ्वी । पृथ्वी, भूमि र पृथ्वी माथी अथवा पृथ्वी मुनी रहेको विभिन्न अवयव र तत्वहरूको विश्लेशण गराउने शास्त्रलाई नै भूगोल शास्त्र अथवा भूगोल भनिन्छ । अङ्ग्रेजीमा भूगोललाई Geography भनिन्छ । भूमिको अध्ययनलाई भूगोल भनिएको छ । भूगोलको अध्ययनमा नदी-नाला, पहाड-झरना, माटो-जङ्गल, ढुंगा-मूढा आदि पर्दछन् । ती विषयहरूलाई विभिन्न शीर्षकमा अध्ययन गरिन्छ । भूगोल दुई मुख्य शाखाहरू: मानव भूगोलभौतिक भूगोलमा विभाजित छ ।

भूगोलको बारेमा थप…

चुनिएको लेख

कीर्तिस्तम्भमा पर्न गएको घामपानी र तातोचिसोको असर
कीर्तिखम्बा (अन्य नाम: किर्तिस्तम्भ, पृथ्वी मल्लको स्तम्भ, कीर्तिखम्ब) शाके सम्वत १२७९ तत्कालिन खस राजा पृथ्वी मल्लले निर्माण गर्न लगाएको स्तम्भ हो । त्यसैले यसलाई पृथ्वी मल्लको स्तम्भ पनि भनिन्छ भने स्थानीय भाषामा यसलाई किर्तिखम्ब वा कीर्तिखम्म भनिन्छ । खस राजाहरूको वंशावलीका साथै अन्य महत्वपूर्ण कुराहरू लेखिएको यो शिलालेख दैलेख जिल्लाको दुल्लुमा अवस्थित छ ।

यस कीर्तिस्तम्भको उचाइ २ मिटर ७६ सेमी., चौडाइ ५० सेमी. र मोटाइ ८ सेमी. रहेको छ । पृथ्वीमा चन्द्रसूर्य रहुन्जेलसम्मको लागि धर्मप्रचारक, सुत्रधारहरू र शिल्पिहरूको सबै कर मिनाहा गर्दा ठूलो धन राशी मिनाहा हुन गएकोले यस स्तम्भलाइ कोटीस्तम्भ पनि भन्ने गरिन्छ । स्तम्भको दुबै पाटोमा क्रमश: पद्मदल, मणिमाला, चैत्य र "ॐ मणिपद्मे हुँ" खोपिएको छ । सम्पूर्ण स्तम्भको तलदेखि माथिसम्म किनारमा दुईवटा रेखा बनाइएका छन् । अभिलेखमा लेख्न सुरु गर्नुअघि बुद्ध, गणेशशिवको बन्दना गरिएको छ । स्तम्भको दायाँ पाटोबाट अभिलेख लेख्न प्रारम्भ गरिएको छ । यो स्तम्भमा गोठालाहरूले हँसिया, बन्चरो आदी औजारहरूको धार लगाउनको लागि घोट्ने गर्नाले स्तम्भको चारैतिर घोटिएको छ । स्तम्भमा लेखिएका अक्षरहरू अस्पष्ट हुँदै गइरहेका छन् । स्तम्भमा कुँदिएको भाषा र लिपीहरू सामान्यतया बुझ्न र पढ्न सकिँदैन ।

चुनिएको जीवनी

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह (वि.सं.१७७९-१८३१) शाहबंशीय राजा थिए । स-साना राज्य रजौटामा बाँडिएको बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन् । यिनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । यिनले स-साना क्षेत्र जस्तै (भिरकोट राज्य, कास्की, लम्जुङ्गगोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदिए र आधुनिक नेपालको जग बसालेका थिए । पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भयो । पछि नेपाल अंग्रेज युद्ध पछि सुगौली सन्धि सम्म यो भू-भाग नेपाल अधिनस्थ थियो ।

नेपालको इतिहासका शीर्षस्थ पुरूष पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरे पनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइरहे । नेपाल एकीकरण अभियानको पूर्णविराम चाँही यिनका पनाती राजा गिर्वाण युद्ध विक्रम शाहका पालमा भएको नेपाल अङ्ग्रेज युद्ध, जस्लाई एङ्गलो-नेपाल युद्ध (१८१४–१६) पनि भनिन्छ, पछि भयो । वि.सं. १८७३ सालमा सुगौलीको सन्धि नहुन्जेलसम्म पुरा ७२ वर्षसम्म एकीकरण अभियान चल्यो ।

विकिसमाचार पढ्नुहोस् र सम्पादन गर्नुहोस्
  • वि.सं. २०६७ (सन् २०१०) - चिनको किङ्गहाईमा ६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा २७०० जनाको ज्यान गएको थियो ।
  • वि.सं. २०७१ (सन् २०१४)  - नाइजेरियाको अबुजामा लगातार दुई बम बिष्फोट हुँदा ७५ जनाको ज्यान जानुका साथै १४१ घाइते भएका थिए ।
थप तथ्यहरू

चुनिएको तस्बिर

के तपाईलाई थाहा छ?...

धरहरा

  • ...सुगौली सन्धिमा हस्ताक्षर गरेर नेपालले आफ्नो एक तिहाई भू-भाग ब्रिटिश भारत समक्ष गुमाउनु परेको थियो । त्यसै सन्धिबाट सिक्किम माथिको अधिकार पनि गुमाउनु परेको थियो ।
  • ...धरहराको निर्माण प्रधानमन्त्री भीमसेन थापाले वि.सं. १८८२ मा गराएका हुन् ।
  • ...विश्वकै सबैभन्दा ठूलो मरूभूमि सहारा मरूभूमि हो ।
  • श्रेणीहरू

    शीर्षकहरू

    सम्बन्धित पोर्टलहरू

    गर्नुपर्ने कार्यहरू



    यहाँ केहि प्रतीक्षा गरिहेका कार्यहरू छन् :

    सम्बद्ध विकिमीडिया


    भूगोल  विकिपुस्तक  भूगोल कमन्स भूगोल  विकिसमाचार  भूगोल  कथन  भूगोल  विकिस्रोत  भूगोल  विकिभर्सिटी  भूगोल  विक्सनरी 
    खुला पुस्तक कमन मिडियाको भण्डार खुला समाचार कथन भण्डार खुला श्रोतमाध्यम विश्वकोश परिकल्पना शब्दकोश

    This page is based on a Wikipedia article written by contributors (read/edit). Text is available under the CC BY-SA 4.0 license; additional terms may apply. Images, videos and audio are available under their respective licenses. Cover photo is available under CC BY 2.0 license.