ञिङमा

तिब्बत सम्यस् गोन्पामा रहेको गुरु पद्मसम्भवको मुर्ति (गुरु ङड्रमा)

ञिङमा तथा ङग्युर ञिङमा सम्प्रदाय तिब्बती बौद्धको पाँच प्रमुख सम्प्रदायहरू (अन्य चार कग्युद, सक्या, गेलुग्सजोनङ् हुन्) मध्ये सबै भन्दा पुरानो सम्प्रदाय हो। तिब्बती भाषामा (རྙིང་མ།, ञिङमा भनेको शाब्दिक अर्थलाई नेपालीमा अनुवाद गर्दा "प्राचीन" अथवा "पुरातन" भन्ने हुन्छ। सातौँ र आठौँ शताब्दीमा भारत, नेपाल, चिन, र तिब्बतका विद्वान लोचावाहरूले महायोग, अनुयोग, अतियोगतन्त्र र त्रिपिटक लगायतका बौद्ध ग्रन्थ तिब्बतीमा अनुवाद गर्नु भएदेखि यस सम्प्रदायको स्थापित भएकोले ञिङमा सम्प्रदायको विस्तृत नाम तिब्बती भाषामा: (སྔ་འགྱུར་རྙིང་མ།., Wylie: snga 'gyur rnying ma, ङग्युर ञिङमा) "पुर्वानुदित प्राचीन सम्प्रदाय" हो।[१]

इतिहास

बौद्ध धर्मको शुरुवात तिब्बतमा सातौ शताब्दीको धर्मराजा स्रोङ्चन गम्पो (६१७-६९८) को शासनकालमा भएको थियो। तर पूर्णरूप ले स्थापना भने धर्मराजा ठ्रीस्रोङ देउचन (७४२-७९७) को शासनकालमा भारतीय आचार्य शान्तरक्षित र आचार्य पद्मसम्भवलाई तिब्बतमा निमन्त्रण गरेकोको अनुसार दुवै आचार्य तिब्बतमा आउनु भइ उहाँको सहयोग द्वारा तिब्बती बौद्ध धर्मको पहिलो महाविहार अथवा बौद्ध अध्यन केन्द्र सम्यस चुग्लग्खङको निर्माण साथ भएको थियो। सम्यस चुग्लग्खङको निर्माण समाप्ति पछि बुद्धिमान तिब्बती किशोर हरूलाई जम्मा गरी भारतीय आचार्य द्वारा विशेष ज्ञान दिएर अनुवाद कार्यमा सक्रियता बनेको थियो जुनमा तिब्बती महान अनुवादक (लोचावा) वैरोचन, दन्मचेमङ, खछे आनन्त, ञग्स ज्ञानकुमार, खोनलुयि वङपो, मरिन्छेन छोग, क-व पल्चेग्स, चोगरोलुयि ग्यल्छन, शङ येशेस्दे आदि एक सय आठ वरिष्ठ एवं कनिष्ठ अनुवादकहरू रहेकका थिए। ति अनुवादहरूले धर्मराजा ठ्रीस्रोङ देउचन, आचार्य पद्मसम्भव र आचार्य शान्तरक्षितको निर्देशन अनुसार सम्पूर्ण महायान बौद्ध ग्रन्थबाट विनय पिटक, अभिधर्म पिटक, सूत्र पिटक एवं तंत्र पिटक इत्यादि बुद्धवचनलाई संस्कृत भाषाबाट तिब्बती भाषामा अनुवाद गर्ने कार्य प्राम्भ गर्नु भएको थियो।

ञिङमा सम्प्रदायको दर्शन र साधना

ञिङमा ग्युद्बुम

ञिङमा ग्युद्बुम तिब्बती भाषामा रहेको ञिङमा अथवा प्राचीन वज्रयान बौद्धको तन्त्र सङ्कलन हुन्। ञिङमा ग्युद्बुमको शाब्दिक अर्थ नेपालीमा अनुवाद गर्दा "प्राचीन संकलित तन्त्र" भन्ने हुन्छ। यी तन्त्र हरूलाई महायोगतन्त्र, अनुयोगतन्त्र र अतियोगतन्त्र गरी जम्मा तिन भागमा बाँडिएको छन्। यसमा छाम्ड्रग र देगे इत्यादि अनेक संस्करणहरू रहेको पईन्छन् र ति तन्त्रहरूको सङ्ग्रहित ग्रन्थ पल्चेग्स ग्युद्बुममा ५८ ठेली सम्म रहेको छ जसमा हजारों विषय र अध्यायहरू छन्।

ञिङमा सम्प्रदायको प्रारम्भिक परम्परा

दिर्घागम परम्परा (रिङ-ग्युद-क-म)

जिनाभिप्राय परम्परा

विद्याधर सङ्केतिक परम्परा

पुद्गल श्रवण परम्परा

आसन्न निधि परम्परा (ञे ग्युद तेर-म)

निधि अन्वेषक

ञिङमा सम्प्रदायको प्रमुख मठ र विद्यालयहरू

तिब्बतमा

  • दोर्जे ड्रग རྡོ་རྗེ་བྲག
  • मिनड्रोल् लिङ སྨིན་གྲོལ་གླིང་།
  • शेछेन ཞེ་ཆེན།
  • कःथोग ཀཿཐོག
  • पल्युल དཔལ་ཡུལ།
  • जोग्छेन རྫོགས་ཆེན།
  • लारुङ बौद्ध विद्यापीठ བླ་རུང་ལྔ་རིག་ནང་བསྟན་སློབ་གླིང་།
  • यछेन् गर ཡ་ཆེན་སྒར།

नेपालमा

  • जरोङ थुब्तन छोस्लिङ རྫ་རོང་ཐུབ་བསྟན་ཆོས་གླིང་།[१]
  • शेछेन तनञिस् दरग्यास लिङ ཞེ་ཆེན་བསྟན་གཉིས་དར་རྒྱས་གླིང་།[२]
  • रीपा गोन्पा རི་པ་དགོན།[३]

भुटानमा

  • गङतेङ गोन्पा སྒང་སྟེང་དགོན་པ།
  • ल्होड्रग खरछु गोन्पा ལྷོ་བྲག་མཁར་ཆུ་དགོན་པ།
  • ञिमालुङ गोन्पा ཉི་མ་ལུང་དགོན་པ།
  • बुमथङ गोन्पा བུམ་ཐང་དགོན་པ།

भारतमा

  • नाम्ड्रोल्लिङ རྣམ་གྲོལ་གླིང་།
  • पल्युल छोस्खोरलिङ དཔལ་ཡུལ་ཆོས་འཁོར་གླིང་།
  • मिन्ड्रोललिङ སྨིན་གྲོལ་གླིང་།
  • जोग्छेन मठ རྫོགས་ཆེན་དགོན་པ།

पश्चिमी मुलुकमा

तिब्बती बौद्धको पाँच प्रमुख सम्प्रदाय

  • ञिङमा རྙིང་མ།
  • कग्युद བཀའ་བརྒྱུད།
  • सक्या ས་སྐྱ།
  • गेलुग्स དགེ་ལུགས།
  • जोनङ् ཇོ་ནང་།

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

This page is based on a Wikipedia article written by contributors (read/edit). Text is available under the CC BY-SA 4.0 license; additional terms may apply. Images, videos and audio are available under their respective licenses. Cover photo is available under CC BY 2.0 license.